२०७४ बैशाख १ गते ।
सवारी चालकका लागी नयाँ अनुशासन लागू गरिएको दिन हो यो ।
काठमाडौं महानगरपालिका, यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र प्रमुख जिल्ला अधिकारी तहको संयुक्त निर्णयमा काठमाडौं उपत्यका भित्र २०७४ बैशाख १ गतेबाट हर्न बजाउन पूर्ण निषेध गरिएको थियो । सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनि प्रदूषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको थियो ।
अनावश्यक टिटिटुँटुँ आवाजले वाक्कदिक्क भएका सर्वसाधारणले ‘नो हर्न’ अभियानको खुलेर प्रशंसा गरेका थिए । हर्न बजाए चिट काट्ने डरले पनि केहि दिन चालकहरुले संयमित भएर हर्न थिच्न कम गरे । तर पछिल्लो दिनहरुमा त्यो अभ्यास कम भएको छ । महानगरले हर्न निषेधित गर्न ठाउँठाउँमा होर्डिङ बोर्ड, सवारीसाधनमा सूचनामुलक स्टिकर टाँसेर स्फुर्तिका साथ महानगरपालिकाका कर्मचारी र ट्रफिक प्रहरीहरु जुटे । जर्वजस्ती भएपनि सबैले सवारी चालकहरुले पालना पनि गरे ।
तर पछिल्लो समय काठमाडौं उपत्यकामा ‘नो हर्न’ परिर्वतन हुँदै 'हर्न प्लिज' भएको छ ।
तर पछिल्लो समय काठमाडौं उपत्यकामा ‘नो हर्न’ परिर्वतन हुँदै 'हर्न प्लिज' भएको छ ।
चोकचोकमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरुले हर्न बजाउने र नबजाउने सवारी साधन अनुगमन गरेकाथिए । धेरै सवारी साधन कारबाहीमाको भागीदार पनि भए । चर यी सबै केहि महिना सिमीत भए ।
सवारी तथा यातायात व्यवस्था अनुसार कसैले इमर्जेन्सीबाहेक सवारी साधनको हर्न बजाएमा ५ सय रुपैयाँ जरिवाना हुने प्रावधान छ ।
एम्बुलेन्स, शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू हुँदैन ।
एम्बुलेन्स, शववाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारी साधनको हकमा भने यो नियम लागू हुँदैन ।
हर्न कति बेला बजाउन पाउने भन्ने पनि नियमावली तयार पारिएको थियो ।
ट्राफिकको नियमावली अनुसार सवारी साधनले एउटा मोडबाट अर्को मोड नदेखिने अवस्थामा र हर्न नबजाउँदा सवारी दुर्घटना हुने उच्च जोखिम भएमा हर्न बजाउन पाउनेछन् भने आपत्कालीन अवस्थामा हर्न बजाउने सवारीलाई कारबाही गरिने छैन । अन्य अवस्थामा हर्न बजाउने सवारीसाधनलाई कारबाही गरिने उल्लेख गरिएको छ ।
पछिल्लो समय उपत्यकामा यी नियम उल्लंघन गरी चर्को आवाजमा अनावश्यक रुपमा हर्न बजाएर दौडिने सवारीहरु धेरै छन् । तिनलाई कार्बाही गर्ने कस्ले ? यता महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रवक्ता उत्तम राज सुवेदी भने ‘नो हर्न’ अभियान धेरै नै प्रभावकारी भएको दावी गर्छन् । काठमाडौंमा धेरै प्रदुषणहरु छन् तर ध्वनी प्रदुषणका कारण मानिसहरुमा मानसिक तनाव बढि हुने भएकाले नो हर्न अभियान ट्राफिक प्रहरीको मुख्य प्राथमिकतामा रहेको उनले बताए ।
“काठमाडौंमा बाहेक अन्य ठाँउहरुमा पनि हामीले नो हर्नको अभियानहरु शुरु गरेका छौं । अनावश्यक रुपमा हर्न बजाउनेहरु कारवाहीमा परेका छन् ।” सुवेदीले भने ।
“काठमाडौंमा बाहेक अन्य ठाँउहरुमा पनि हामीले नो हर्नको अभियानहरु शुरु गरेका छौं । अनावश्यक रुपमा हर्न बजाउनेहरु कारर्वाहीमा परेका छन् ।” सुवेदीले भने ।
‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाउनको लागि जनचेतना मूलक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी भइरहेको प्रवक्ता सुवेदीले बताए ।
उनले थपे, बाईक र स्कुरटरहरु बढि कारर्वाहीमा पर्ने गरेका थिए भने पछिल्लो दिनमा ठूला सवारीहरु पनि उतिकै मात्रामा कारवाहीमा परिरहेका छन् ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ताका अनुसार २०७४ साल बैशाख १ गते बाट लागू भएको ‘नो हर्न’ अभियान अन्तर्गत कुन सवारी र कतिजना कारवाहीपरे भन्ने तथ्यांक ट्राफिक प्रहरी महाशाखामा छैन् ।
काठमाडौं उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने व्यवस्था व्यवहारिक रूपमा भने कार्यान्वयन गर्न कठिन भएको स्वयम् प्रहरी अधिकारी स्विकार्छन् । सडकमा भएका खाल्टाखुल्टि, सँगुरो सडक, सवारी लेनको अभाव र जथाभावी सडक पार गर्ने यात्रु, अनुशासन नभएका केहि चालकहरू, ट्राफिक लाईटको अभाव जस्ता व्यवस्थापकिय पाटोमा चुकेका कारण नो हर्न अभियान नारामा सिमीत छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया