रेनससँग पीएसजी पराजित

लोकपथ
203
Shares

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । आइतबार राति भएको खेलमा पीएसजीलाई रेनसले १-० गोल अन्तरले पराजित गरेको हो ।

रेनसलाई जित दिलाउन हामरी ट्राओरेले निर्णायक गोल गरे । ट्राओरेले खेलको ६५ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै रेनसले १९ खेलमा ३७ अंक जोड्दै पाँचौं स्थानमा पुगेको छ । पीएसजी ४७ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?