आज बैंक तथा वित्तीय संस्थाहरु खुल्ने

लोकपथ
0
Shares

काठमाडौं। विमान दुर्घटनाका कारण सरकारले सोमबार राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक विदा दिएपनि बैंक तथा वित्तीय संस्थाहरु भने खुल्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै सार्वजनिक विदा भएपनि बैंक तथा वित्तीय संस्थालाई कारोबार जारी राख्न निर्देशन दिएको हो ।

यद्यपि, आज तीन घण्टा मात्र बैंकहरु खुल्ने छन् । केन्द्रीय बैंकको सूचना अनुसार विहान १० बजेदेखि १ः३० सम्म बैंक तथा वित्तीय संस्थाको कार्यालय, शाखा कार्यालय खुला रही नगद कारोबार, चेक क्लियरिंग, आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवाहरु प्रवाह हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?