इटालीका ‘मोस्ट वान्टेड’ माफिया प्रमुख पक्राउ

लोकपथ
56
Shares

रोम । ३० वर्षदेखि फरार रहेका इटालीका मोस्ट वान्टेड माफियाका प्रमुख माटेयो मेसिना डेनारो सिसलीबाट पक्राउ परेका छन् । उनलाई त्यहाँको राजधानी पालेर्मोको एक निजी क्लिनिकबाट पक्राउ गरिएको हो ।

उनलाई सिसलीको खतरनाक कोसा नोस्ट्रा माफियाको प्रमुख रहेको विश्वास गरिन्छ । इटालियन मिडियाका अनुसार क्लिनिकमा उनको उपचार चलिरहँदा उनलाई नियन्त्रणमा लिइएको थियो ।

उनलाई कारबिनेरीको एक अज्ञात स्थानमा लगिएको समाचारमा भनिएको छ । उनलाई पक्राउ गर्न १ सय जना भन्दा सशस्त्र सुरक्षाकर्मी प्रयोग गरिएको थियो । विभिन्न हत्याको अभियोगमा मेसिना डेनारोमाथि मुद्दा चलेर उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

यसमा सन् १९९२ मा माफियाविरोधी वकिल जियोभानी फाल्कोन र पाओलो बोर्सेलिनो, सन् १९९३ मा मिलान, फ्लोरेन्स र रोममा भएको बम विस्फोटलगायत छन् । सन् १९९३ देखि फरार रहेका मेसिना डेनारोले आफ्ना विश्वासपात्र मार्फत संगठन चलाउँदै आएको विश्वास गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?