‘क्यान’ विवाद सुल्ट्याउन दुई महिनाको टाइमलाइन, होला त समाधान ?

काठमाडौं । नेपाल क्रिकेट संघ ‘क्यान’ विवाद समाधानको लागि आइतवार बसेको स्वतन्त्र समितीको बैठकले २ महिनाको टाइमलाइन तोकेको छ । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आइसीसी’ले गठन गरेको स्वतन्त्र समितीको बैठकले क्यान विवादलाई निकास दिन एक कदम अघि बढाएको हो । स्वतन्त्र समितीको बैठकले २ महिना भित्र तोकेको सम्पुर्ण काम पुरा गर्न टाइमलाइन समेत तोकेको छ ।

बैठकले एक सातासम्ममा जिल्ला निर्वाचन कुन किसिमले गर्ने भनेर माइनुट समेत पठाउने भएको बताइएको छ । त्यस्तै जिल्ला निर्वाचनमा कसरी जाने, गर्ने तथा निर्वाचन भइसकेका जिल्लाहरु सहि तरिकाले भएका छन की छैन भनेर समेत बिस्तृत विवरण यसै महिनाभित्र स्वतन्त्र समितीलाई पठाउने भएको छ ।

आइसीसीका प्रतिनिधी सहितको बैठकले अहिलेको क्यान विवाद समाधानका लागि आगामी २४ फेब्रेअरी तारिखसम्मको समय तोकेको छ । फेब्रेअरीमा आइसीसीको बोर्ड बैठक समेत बस्दैछ ।

सो निर्वाचनसम्म स्वतन्त्र समितीले सबै जिल्लामा आधिकारीक रुपमा निर्वाचन सम्पन्न गर्न सकेमा नेपालको निलम्बन फुकुवा हुने सम्भावना देखिएको छ । 

अहिलेसम्म ३७ जिल्लामा ‘क्यान’ निर्वाचन भइसकेको छ । अब दुई जिल्लामा मात्र निर्वाचन हुन बाँकी छ । ३७ जिल्लामा भएको क्यान निर्वाचन छानबिन पनि हुने बताइएको छ ।  

साथै आइसीसीका पदाधिकारीले निर्वाचित क्यानले अदालतको मुद्धा फिर्ता लिनका लागि मागेको प्रति पनि टाइमलाइन दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?