शृङ्खलाको मिस वर्ल्ड बन्ने सपना चकनाचुर, टप १२ बाटै यात्रा सकियो

काठमाडौँ – मिस नेपाल शृङ्खला खतिवडाको मिस वर्ल्ड बन्न सपना चकनाचुर बनेको छ ।
शनिबार चीनको सान्यामा भएको फाइनलमा उनी टप १२ बाटै बाहिरिएकी हुन् ।
शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्यूजील्याण्ड र मिस थाइल्याण्ड शीर्ष १२ मा पुगेका थिए । जसबाट श्रृङ्खलालाई  मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्ने अवसर थियो ।

तर तीन मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जितिन् ।
मिस नेपाल भएको नाताले उनी नेपालको प्रतिनिधित्व गर्दै चीन पुगेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?