इंग्लिस प्रिमियर लिग : लिग लिडर म्यान्चेस्टर सिटीको पहिलो हार, म्यान्चेस्टर युनाइटेड र टोट्नह्याम विजयी

एजेन्सी । लिग लिडर म्यान्चेस्टर सिटी जारी इंग्लिस प्रिमियर लिग फुटलब प्रतियोगितामा पराजित भएको छ । 

डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले जारी लिगमा पहिलो हाफ बेहोरेको हो । शनिवार राति सम्पन्न भएको १६ औँ चरणको खेलमा सिटी चेल्ससिँग २-० गोल अन्तरले स्तब्ध बनेको हो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा चेल्सीका लागि एन गोलो कान्टेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा थप एक गोल ग-यो ।

खेलको ७८ औँ मिनेटमा डेभिड लुइजले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । निर्धारित समयसम्म म्यान्चेस्टर सिटीले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-यो । हारपछि ४१ अंक बनाएको सिटी लिगको दोस्रो स्थानमा झरेको छ । ३४ अंक बनाएको चेल्सी भने चौथो स्थानमा छ । 

त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले फुलह्याममाथि ४-१ गोल अन्तरको जीत दर्ता गरेको छ । 

म्यान्चेस्टर युनाइटेडको जीतमा खेलको १३ औँ मिनेटमा यस्ले योङग, २८ औँ मिनेटमा जुवान माटा, ४२ औँ मिनेटमा रोमेलु लुकाकु र ८२ औँ मिनेटमा मार्कस रासफोर्डले समान एक-एक गोल गरेका थिए ।

यता फुलह्यामका लागि भने खेलको ६७ औँ मिनेटमा कामराले एक मात्र गोल फर्काएका थिए । जीतपछि म्यान्चेस्टर युनाइटेड २६ अंकका साथ लिगको छैटो स्थानमा छ । 

शनिवार राति नै भएको अर्को खेलमा टोट्नह्यामले लेस्टर सिटीलाई २-० गोल अन्तरले हरायो । टोट्नह्यामका लागि पहिलो हाफको इन्जुरी समयमा सन ह्युङग मिन र ५८ औँ मिनेटमा अलीले एक-एक गोल गरेका थिए । जीतपछि टोट्नह्याम ३६ अंकका साथ तेस्रो स्थानमा छ ।

वेस्टह्यामले क्रिस्टल प्यालेसमाथि ३-२ गोल अन्तरको जीत दर्ता गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?