‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’मा उज्वलको ह्याट्रिक

मदन राज, अमेरिका 

 ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ अर्थात अनाठौं काम गरेर राख्ने विश्व कीर्तिमान ।

गत सातामात्र नेपालमा १ सय २६ घण्टा नृत्य गरेर बन्दना नेपालले भारतको रेकर्डलाई तोड्दै नयाँ विश्व कीर्तिमान बनाएकी थिइन् । 

पत्रकार रबि लामिछानेले टेलिभिजनमा सबैभन्दा धेरै समय अन्तर्वाता लिदैं तथा विश्वकै सबैभन्दा होचो व्यक्तिको रुपमा चन्द्र डागीले यसअघि नै ‘गिनीज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाइसकेका छन् । 

त्यस्तै ‘गिनीज बुक अफ वल्र्ड रेकर्ड’मा अर्को नेपालीको नाम पनि जोडिएको छ । भारतीय नागरिकको नाम रहेको सो विश्व कीर्तिमानलाई तोड्दै नेपालका कराँते खेलाडी उज्वल ठकुरीले नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । 

अमेरिकाको डिसी महानगर क्षेत्रका कराँते खेलाडी ठकुरीले तेस्रो पटक गिनीज बुकमा नाम लेखाएका हुन् ।  उनले २ सय २६ घुँडा प्रहार गर्दै विश्व कीर्तिमानी बनाएका हुन् । यस अघि पनि उनले २ पटक गिनीज बुकमा नाम लेखाईसकेका छन् । 

काठमाडौंमा जन्मिएका ठकुरी आमा जयन्ती शर्मा पौडेल र बुवा राजेन्द्र ठकुरीका जेठा छोरा हुन् । तेस्रो पटक ‘गिनिज बुक अफ वर्ड रेकर्ड’मा नाम लेखाएका ठकुरी कराँतेको छैंटो डान समेत हुन् । छैंटो डान प्राप्त गरेको भन्दै उनलाई अमेरिकन मर्न गोजु कराँतेबाट सम्मानित पनि भएका थिए । 

उनले तेस्रो विश्व कीर्तिमानीसँगै ह्याट्रिक पनि पुरा गरे । यसअघि ठकुरीले दुई बिधामा खुट्टा फारेर र अधिक वजन उठाउँदै विश्व कीर्तिमान बनाएका थिए । फांग यस्तो बिधा हो जुन कराँते, उसु र तेक्वान्दोले प्रत्येक दिन कसरत गर्ने पर्छ । उक्त बिधामा उनले दुईपटक विश्व कीर्तिमानी समेत राखेका थिए । यो तेस्रो बिधामा पनि ठकुरीले नेपाल र नेपालीको अलग पहिचान बनाएका छन् ।

यो बिधामा चिन, रसिया, अमेरिका जस्ता शक्तिशाली देशले पनि कीर्तिमान राख्न सकेका छैनन् । 

त्यस्तै तेस्रो विश्व रेकर्डमा ३ मिनेटमा १ सय ८० घुँडा प्रहार गर्नु थियो । जसलाई अंग्रेजीमा ‘नि’ र बेढंग लडाई (रफ फाईट) मा हिज्जा भनिन्छ । यो कीर्तिमान भारतका ग्राण्ड मास्टर जयनाथ रेडिको नाममा थियो । उनलाई अमेरिकी राष्ट्रपतिले समेत सम्मान गरेका थिए । रेडिका १० गिनीज रेकर्डस् छन् ।

‘रेडिले बनाएको विश्व कीर्तिमान देखेर मलाई पनि केही नयाँ रेकर्ड बनाउन मन लाग्यो, साथै रेडिको कीर्तिमानलाई चुनौती दिन कै लागि यो सबै रेकर्ड बनाएको हु’ उनले लोकपथलाई भने । 
साथै तेस्रो कीर्तिमानी राख्नका लागि उनले १ किलो वजन बोकेर ३ मिनेटमा २ सय २६ चोटि प्रहार गर्न सफल भए ।

यो भारतको कीर्तिमानी भन्दा एक मिनेटमा ८९ घुँडा प्रहार बढी हुन गएको हो । सम्पुर्ण नेपाल र नेपालको लागी ह्याट्रिक गर्ने सपना भएकोले गर्छु भन्ने प्रतिबद्धता र दृढ संकल्प भएकोले सबैको आशिर्वाद र मायाले यो सम्भव भएको उनले प्रतिक्रिया दिए । 

‘यो समयमा म आफ्ना माता र पितालाई सम्झिन चाहन्छु, उहाँहरु आज यो संसारमा हुनु भएको भए आज मैले बनाएको यो रेकर्डमा कति गर्व गर्नुहुन्थ्यो होला’, उनले भावुक हुँदै भने । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?