एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिवार राति सम्पन्न भएको लिगको १६ औँ चरणको खेलमा लिभरपुलले बर्नेमाउथलाई ४-० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । लिभरपुलका लागि मोहम्मद सलाहले ह्याट्रिक गरेका थिए ।
खेलको २५ औँ मिनेटमा सलाहले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको लिभुलपुलले दोस्रो हाफमा थप तीन गोल ग-यो ।
दोस्रो हाफ शुरु भएको २ मिनेटमा नै सलाहले दोस्रो गोल गरे । एक पक्षिय रहेको खेलको ६८ औँ मिनेटमा बर्नेमाउथका कोकले आत्मघाती गोल गरे । ७७ औँ मिनेटमा सलाहले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।
त्यसपछि खेलमा थप गोल भएन र खेल लिभपुलले ४-० गोल अन्तरले जित्यो । जितपछि लिभरपुलले ४२ अंक बनाएको छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा आर्सनलले हडर्सफिल्डलाई १-० गोल अन्तरले पराजित ग-यो । आर्सनलका लागि खेलको ८३ औँ मिनेटमा लुकास टोर्रेराले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
जीतपछि ३४ अंक बनाएको आर्सनल लिगको पाँचौ स्थानमा छ । यता बर्नलेले ब्राइटटनलाई १-० गोल अन्तरले हरायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया