काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वरस्थित अल्फा केयर प्रा.लि.गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ ।
‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको बैंकले ग्राहक सुविधा अन्तर्गत यस्तो सुविधा ल्याएको हो । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयर प्रा.लि.का सेवाहरुमा अधिकतम १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुँच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया