एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत बार्सिलोना विजयी भएको छ ।
शनिवार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ४-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जीतमा लियोनल मेस्सीले दुई गोल गरे । खेल शुरु भएको १७ मिनेटमा नै बार्सिलोनाका लागि मेस्सीले पहिलो गोल गरे ।
२६ औँ मिनेटमा औसमाने डेम्बेलले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । खेलको पहिलो हाफ सकिनै लाग्दा लुइस स्वारेजले गोल गरे ।
पहिलो हाफमा स्पानियोललाई पुरे दवावमा राखेको बार्सिलोनाका लागि ६५ औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौथो गोल गरे । जीतपछि बार्सिलोनाले १५ खेलबाट ३१ अंक बनाएको छ।
त्यस्तै शनिवार राति नै भएका अन्य खेलहरुमा एथ्लेटिको म्याड्रिडले एलोभेसलाई ३-० गोल अन्तरले हरायो ।
सेल्टा डि भिगोले भिल्लारियलाई ३-२ गोल अन्तरले पराजित ग¥यो । यता भ्यालेन्सिया र सेभिल्लाबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया