डा. सन्दुक रुइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव

लोकपथ
77
Shares

काठमाडौं । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई नेपालको राष्ट्रपति बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । हास्यकलाकार हरिवंशले डा. सन्दुक रुइतलाई नेपालको राष्ट्रपति बनाए देशको प्रतिष्ठा बढ्ने बताएका हुन् ।

हरिवंश आचार्यले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सो धारणा राखेका हुन् । बहराइन सरकारले डा. रुइतलाई दश लाख डलरको इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको छ । उक्त खबरपछि हरिवंश आचार्यले डा। रुइतलाई बधाइ दिदैँ फेसबुकमा आफ्नो धारणा राखेका हुन् ।

‘मनमा कुरा घुमी रहन्छ। यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा शन्दुक रुइत लाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला ।’आचार्यले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?