पूँजी बजार सुधारको माग गर्दै अनिश्चितकालीन रिले अनशन

काठमाडौं । पूँजी बजारमा सुधारको माग गर्दै शेयर लगानीकर्ताले अनशन शुरु गरेका छन् । 

भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालयअगाडि शेयर लगानीकर्ता समूहकासंयोजक हरि ढकालको नेतृत्वमा १२ जना अनिश्चितकालीन रिले अनशनमा बसेका हुन् ।

बैंक खाता र डिम्याट खाता इन्टिग्रेट भएको अनलाइन कारोवार प्रणालीको पहुँच तत्काल लगानीकर्तामा पु¥याउन आग्रह गरिएको छ । 

गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउनुपर्ने, शेयर दलालमार्फत मार्जिन ट्रेडिङ तत्काल खुला गर्नुपर्ने, शेयर धितो कर्जाको सीमा धितो मूल्याङ्कनको ८० प्रतिशत          पु-याउनुपर्ने, कूल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थाले शेयर धितो कर्जा प्रवाह गर्नुपर्नेलगायत सो समूहद्वारा माग गरिएका छन् । 

समूहका प्रतिनिधि नयन बाँस्तोलाले पूँजी बजार विस्तारका लागि नियमनकारी निकायले निर्माण गरेको कार्य्विधिलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । विगतमा नेप्से १८८१ हुँदा रु २१ खर्बको पूँजी सङ्कलन भएको यो बजारमा हाल नेप्से ११२० मा पुग्दा रु १३ खर्ब पूँजी छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?