तालिबान सरकारको अमानवीय व्यवहार : चोरी गर्ने ४ जनाको हात काटियो

लोकपथ
49
Shares

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले फेरि एकपटक जनतासँग अमानवीय व्यवहार गरेको छ ।

तालिबानले कान्दाहारको अहमद शाही स्टेडियममा डकैती र समलैंगिकताको अभियोगमा दोषी ठहरिएका नौ पुरुषहरूलाई सार्वजनिक रूपमा कोर्रा चलाएको छ भने चोरीको अभियोग लागेका चार व्यक्तिको हात काटीदिएको छ ।

चार व्यक्तिको हात काटेपछि तालिवानको यो कार्यको आलोचना हुन थालेको छ । गत वर्षको डिसेम्बरमा तालिवानले एक व्यक्तिलाई सार्वजनिक रूपमा फाँसी दिएको थियो।

संयुक्त राष्ट्रसंघले पनि तालिवानलाई सार्वजनिक रूपमा दण्डित नगर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र संघले यस्ता कठोर, क्रूर र अपमानजनक सजायको तत्काल अन्त्य गर्न आह्वान गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?