न्युजिल्याण्डकी प्रधानमन्त्रीले घोषणा गरिन् राजीनामा

लोकपथ
56
Shares

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले पद त्यागको घोषणा गरेकी छिन् । उनले आगामी महिनाबाट पदमा नबस्ने घोषणा गरेकी हुन् ।

सन् २०१७ मा ३७ वर्षको उमेरमै प्रधानमन्त्री बनेकी आर्डनले स्वेच्छाले पदत्याग गरेको बताएकी छिन् । प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै उहाँले फेब्रुअरी ७ बाट लेबर पार्टीको नेताबाट पनि बिदा हुने बताएकी हुन् ।

आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुँदैछ । उक्त निर्वाचनबाट आफू पुनः निर्वाचित हुने सम्भावना रहेको भए पनि त्यसो नगर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री बनेपछि देशका ठूला चुनौतीहरु झेलेको र त्यसले आफ्नो परिवारलाई समय दिन नपाएको भन्दै अब फेरि प्रधानमन्त्री हुने ईच्छा नरहेको उनले बताइन् ।

अक्टोबरको निर्वाचनपछि नयाँ व्यक्तिले जिम्मेवारी सम्हालुनु भन्ने आफ्नो चाहना रहेको आर्डनको भनाइ छ । कोभिड कालमा अपनाएको कठोर नीतिका कारण देशभित्र उनको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?