एजेन्सी । वेस्ट इन्डिजविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा बंगलादेश विजयी भएको छ ।
आइतवार राति राजधानी ढाकामा सम्पन्न भएको पहिलो खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९५ रनको योगफल तयार पारेको थियो ।
वेस्ट इनिडजले २९ रन बनाउँदा पहिलो विकेट गुमाएको थियो । वेस्ट इन्डिजका लागि सेइ होपले सर्वाधिक ४३ रनको योगदान दिए । किमो पउलले ३६ रन, रोस्टन चेजले ३२ रन तथा मार्लोन स्यामुयलले २५ रन जोडे ।
बलिङतर्फ बंगलादेशका मर्सफा र्मोतजा र मुस्ताफिजुर रहमानले समान तीन-तीन विकेट हात पारे ।
जवाफी मैदानमा ब्याटिङ गरेको बंगलादेशले ३५ दशमलब एक ओभरमा मात्र ५ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा गर्यो । बंगलादेशका लागि मुस्फिकुर रहिमले ५५ रन, लिटो दाशले ४१ रन, सकीव अल हसनले ३० तथा सौम्य सरकारले १९ रनको योगदान दिएका थिए ।
जितपछि बंगलादेशले तीन खेलका श्रृङखलामा एक-शुन्यको अग्रता लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया