काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लिई प्रतितपत्र मार्फत आयात गनुृपर्ने व्यवस्था खारेज गरेको छ । राष्ट्र बैंकले बिहिबार बाँणिज्य बैंक र राष्ट्रियस्तरका बिकास बैंकको नाउँमा परिपत्र जारी गर्दे आयातमा नगद मार्जिन सम्पन्धी व्यवस्था खारेज गरेको जानकारी दिएको छ ।
राष्ट्र बैंकले एकीकृत कारोबार २०७८ मा संशोधन गर्दे भनेको छ, राष्ट्र बैंकबाट बिदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जार गरिएको एकीकृत कारोबार परिपत्र २०७८ को मार्जिन लिई प्रतितपत्र मार्फत आयात गनुृपर्ने व्यवस्था खारेज भएको छ ।
राष्ट्र बैंकले सोही बमोजिम गर्न गराउन बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा फाईनान्स कम्पनीहरुलाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले यसअघि गाडीलगायत केही वस्तुको आयातमा एलसी मार्जिन ५० प्रतिशत र बाँकीमा शतप्रतिशत तोकेको थियो । हाल कै अवस्थामा पनि राष्ट्र बैंकले तीन सय वटा बस्तुको आयातमा एलसी मार्जिन तोकेकोमा माघ ५ गते जारी भएको नयाँ परिपत्र मार्फत मार्जिन लिई प्रतितपत्र मार्फत आयात गर्नुपर्ने व्यवस्था खारेज भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया