काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आर्मी क्लब विजयी भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमवार भएको पहिलो खेलमा विभागिय टिम आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १-० गोल अन्तरले हराएको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोल रहित बराबरीमा रोकिएका थिए ।
आर्मी क्लबका लागि टंक बस्नेतले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । उनले टेक बहादुर बुढाथोकीले दिएको क्रसलाई सदुपयोग गर्दै खेलको ६७ औँ मिनेटमा हेडमार्फत गोल गरे ।
आर्मी क्लबका कप्तान भरत खवास वान भर्सेस वानमा गोल गर्न चुके । निर्धारित समयसम्म ब्रिगेड ब्वाइज क्लबले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोरेको हो ।
जितपछि आर्मीले ७ खेलबाट १७ अंक बनाउँदै लिगको चौथो स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया