मेरो माईक्रो फाईनान्सको १० औं वार्षिक साधारण सभा सम्पन्न

लोकपथ
126
Shares

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको शुक्रबार सम्पन्न सभाले आर्थिक वर्ष २०७८\७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको संस्थाको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

साथै आर्थिक वर्ष २०७९\८० का लागि लेखापरीक्षकको नियुक्ति समेत गरेको संस्थाले बताएको छ । आर्थिक २०७८\७९ मा ३ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र १६ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो समयमा संस्थाले ३३ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

संस्थाले नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहि देशका ६४ जिल्लामा एक सय ४९ वटा शाखा कार्यालय मार्फत लघुबित्त सेवा प्रदान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?