न्यायाधीश समाजले भन्यो- ‘नयाँ तलबमान अस्वीकार्य’

लोकपथ
35
Shares

काठमाडौं । न्यायाधीश समाज सरकारले हालै तोकेको नयाँ तलबमान आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिएको छ ।

सरकारले माघ ५ गते राजपत्रमार्फत तोकेको न्यायाधीशहरुको तलब र पारिश्रमिक अश्वीकार गर्न र पुरानै तलवमात्र लिन देशभरका न्यायाधीशहरुलाई समाजले आह्वान गरेको हो ।

समाजका महासचिव टेकप्रसाद ढुंगानाले सरकारले राजपत्रमा निकालेको सूचनाले न्यायपालिका र न्यायाधीशहरुको अपमान गरेको बताएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा अध्यक्ष रहेको समाजले सो सूचनालाई सरकारी स्वेच्छाचारिताको पराकाष्ठाको संज्ञा पनि दिएको छ ।

उक्त तलबमानमार्फत् नेपाल सरकारले देशभरका समग्र न्यायाधीशको स्वाभिमान र मर्यादामा निर्मम प्रहार गरिएको समेत उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?