काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको निवासमा अमेरिकी न्याय विभागले छापा मारेर केही महत्वपूर्ण कागजपत्र बरामद गरेको छ ।
बाइडेनको डेलावेरको वेलमिङटनस्थित घरबाट थप छ गोप्य दस्ताबेज अमेरिकी अधिकारीहरूले जफत गरेको समाचार संस्थाहरुले जनाएका छन् । अमेरिकी समाचार च्यानल फक्स न्यूजका अनुसार गोप्य दस्ताबेज जफत गरिएको बाइडेनका रिचर्ड साउबरले पनि पुष्टि गरेका छन् ।
डेलावेर क्षेत्रबाट बाइडेन सन् १९७३ देखि २००९ सम्म सेनिटर भएका थिए । उक्त घरबाट ओबामा कालमा उपराष्ट्रपति हुँदाका २००९ देखि २०१७ सम्मका गोप्य दस्ताबेज पनि भेटिएको बताइएको छ ।
शुक्रवार अमेरिकी न्याय विभागका अधिकारीहरूले १३ घण्टा खानतलासी गरेर गोप्य दस्ताबेज जफत गरेका थिए ।
राष्ट्रपति बाइडेनले उनका वकीलहरुलाई छानबीनमा पूर्ण सहयोग गर्न पनि निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया