काठमाडौं । प्राईम कर्मसियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक अर्ब ६५ करोड २० लाख ४४ हजार सात सय ५४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार नौ सय ४६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार सात सय १६ रुपैयाँ रहेको बैकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ६४ अर्ब ४६ करोड ४७ लाख ५८ हजार दुई सय ९३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५० अर्ब ३१ करोड ३३ लाख ४१ हजार चार सय २५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा तीन अर्ब ५३ करोड ७० लाख ४९ हजार नौ सय ५२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेड दर चार दशमलव ३३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६० अर्ब २० करोड ३३ लाख ३५ हजार सात सय ९९ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब पाँच करोड ३९ लाख एक हजार पाँच सय ७२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा दुई अर्ब ७६ करोड ४२ लाख २५ हजार आठ सय ४० रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुुन्य दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव ४६ प्रतिशत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया