हिमालयन बैंकको दोस्रो त्रैमासिक नाफा ९५ करोड ४७ लाख

लोकपथ
14
Shares

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा ९५ करोड ४७ लाख चार हजार नौ सय ९२ रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने बैकको यस्तो नाफा ७३ करोड ४३ लाख ५० हजार आठ सय ९९ रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी १४ अर्ब ६२ लाख २३ हजार सात सय ८३ रुपैयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा एक खर्ब ७६ अर्ब २५ करोड ७३ हजार ३५ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५३ अर्ब ३६ करोड ४९ लाख ३५ हजार सात सय २८ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

सो अवधिमा तीन अर्ब ६४ करोड ८८ लाख ५३ हजार आठ सय २२ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा आठ करोड ७२ लाख ६२ हजार छ सय ६६ रुपैयाँ रहेको बैंकको स्प्रेड दर भने चार दशमलव १६ प्रतिशत रहेको छ ।

गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ६८ अर्ब ४१ करोड ९४ लाख ८६ हजार छ सय ९३ रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ४७ अर्ब १२ करोड १७ लाख ९७ हजार पाँच सय ४६ रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।

उक्त अवधिमा एक अर्ब ९१ करोड ६५ लाख ४९ हजार ३५ रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७२ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर दुई दशमलव २७ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?