एजेन्सी । बृटेनका राजा चार्ल्स तेस्राको राज्याभिषेकमा उनकै कान्छा छोरा राजकुमार ह्यारीले भने राजपरिवारका सदस्यहरु बस्ने परम्परागत स्थान (बाल्कोनी) नपाउने भएका छन् ।
डेली मेल अनलाइनकाअनुसार उक्त ऐतिहासिक राज्याभिषेकमा भने शरणार्थीलाई भने महत्वपूर्ण स्थान दिइँदैछ । विविधतापूर्ण र स्वैच्छिक बनाउन खोजिएको उक्त राज्याभिषेकमा प्रिन्स ह्यारी र उनकी पत्नी मेघन मार्कललाई भने बकिंघम प्यालेसको बाल्कोनीमा बाँकी परिवारसँग सामेल नगराइने खुलासा भएको हो ।
‘जनताको राजा’ बन्ने चार्ल्सको चाहनालाई प्रतिबिम्बित गर्ने गरी भव्य उत्सव गरिन लागेको पनि खबरमा जनाइएको छ । जसमा राष्ट्रमण्डलका प्रतिनिधिहरू मात्र सामेल हुने छैनन्, नागरिकलाई अतिरिक्त छुट्टीको व्यवस्था समेत गरिनेछ ।
लाखौं बृटिशलाई ७० वर्षपछि हुन लागेको यस समारोहमा सरिक हुन समय मात्र दिइनेछैन, हजारौंहजार सडकमा स्वस्फूर्त निस्कने अनुमान गरिएको छ ।
राज्याभिषेक मे ६ मा हुने तय गरिएको छ । त्यसपछि विन्डसर क्यासलमा विशाल कन्सर्ट आयोजना गरिएको छ ।
त्यसपछि राष्ट्रमण्डलका लागि चार्ल्सको दर्शन दिनेछन् । प्रविधिको माध्यममार्फत् समारोहको संसारभरका मानिसले प्रत्यक्ष हेर्नसक्ने पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया