‘इपीएल’ क्रिकेट : दुई खेल अगावै भैरहवा ग्लाडीयटर्स प्ले अफमा प्रवेश

काठमाडौं । भैरहवा ग्लाडीयटर्स जारी एभरेष्ट प्रिमियर लिग ‘इपीएल’ क्रिकेट प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवी मैदानमा बुधवार भएको खेलमा भैरहवा ग्लाडीयटर्सले विराटनगर वारियर्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने पहिलो टिम समेत बनेको हो । शरद भेषवाकरको टिम भैरहवाले जारी लिगमा तेस्रो जीत निकाल्दै अघिल्लो चरणको यात्रा तय गरेको हो । 

पारस खड्काको कप्तानीमा रहेको विराटनगरले दिएको ९२ रनको सामान्य लक्ष्य भैरहवाले १९ दशमलब ४ ओभरमा मात्र ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग¥यो । भैरहवाका लागि रायन टेन डोसकाटेले सबैभन्दा बढी २० रन बनाए । कप्तान शरद भेषावकरले १६ रन, रबी इन्दर सिंहले १२ रन, प्रदीप ऐरीले १० रन तथा रोहित पौडेल ७ रन बनाए ।

विराटनगरका लागि भान डेर मिर्वीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको विराटनगरले १८ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदैै ९१ रनको सामान्य योगफल तयार पारेको थियो । 

विराटनगरका लागि भान डेर मेर्वीले २५ रन, करण केसीले १८ रन, सुमित महर्जनले १५ रन तथा हरि बहादुर चौहानले अविजित १३ रन जोडेका थिए । विराटनगरको पारी ध्वस्त पार्ने क्रममा भैरहवाका लागि मोहमद नाभिदले सर्वाधिक ४ विकेट लिए । त्यस्तै कृष्ण कार्की र अविनाश बोहोराले समान २-२ विकेट लिए । 

जितपछि भैरहवाले ३ खेलबाट ६ अंक जोड्दै अ.क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । भैरहवा दुई खेल अगावै प्ले अफ प्रवेश गरेको हो । अब भैरहवाले ललितपुर र काठमाडासँग खेल खेल्न बाँकी छ ।

दुई खेलबाट ४ अंक बनाएको विराटनगरको पनि प्ले अफमा पुग्ने सम्भावना जिवितै छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?