काठमाडौं । नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको फाइनलमा पराजित भएकी छिन् ।
थाइल्यान्डको राजधानी बैंककमा बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी हुन् ।
सुष्मालाई अंकको आधारमा ५-० ले पराजित गर्दै फोजिलोभाले स्वर्ण पदक जितिन् । फाइनलमा पराजित भएपनि सुष्माले ऐतिहासिक रजत पदक जितेकी छिन् । यस प्रतियोगितामा फाइनल पुग्ने सुष्मा पहिलो नेपाली खेलाडी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया