माघ पहिलो साताबाट स्कुल लिग क्रिकेट शुरु हुने

काठमाडौं । आगामी माघको पहिलो साताबाट स्कुल लिग क्रिकेट ‘एसएलसी’ प्रतियोगिता हुने भएको छ । 

प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो । साथै यो लिग क्रिक्रेट प्रतियोगितामा १० टिमको सहभागीता रहने छ । दुई समूहमा विभाजन गरि खेलाइने टिमका शीर्ष दुई टोली सेमिफाइनलमा  पुग्नेछन् । 

लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुल्चोक इन्जिनियरिङ क्रिकेट मैदानमा खेलाइने प्रतियोगिताको लिग चरणको खेल भने २० ओभरको रहेको छ । त्यस्तै सेमिफाइनल र फाइनलको खेल भने २५ ओभरको हुने पनि पत्रकार सम्मेलन जानकारी दिइयो । 

प्रतियोगिताको विजेताले ७१ हजार र उपविजेताले २१ हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरीज, वेस्ट बलर, बेष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिने जानकारी दिए । प्रतियोगिता दुई साता चल्न्ेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?