काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ ८ गते अध्यावधिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम ४७ खर्ब पाँच अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा ती बैंकहरुले ४२ खर्ब ६५ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । तर चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्ने हो भने वाणिज्य बैंकहरुमा एक खर्ब रुपैयाँको हाराहारीमा खराब कर्जा पुगेको छ ।
बैंकहरु स्वंमले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुमा औषतमा दुई दशमलव ३५ प्रतिशत कर्जा खराब देखिएको छ । यो अनुपातमा कर्जा खराब हुनु भनेको बैंकहरुमा झण्डै एक खर्ब रुपैयाँले खराब कर्जा बढ्नु रहेको देखाउँछ ।
गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुमा औषतमा एक दशमलव ११ प्रतिशत अर्थात ५४ अर्ब रुपैयाँको हाराहारीमा खराब कर्जा रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंकमा गत आवको तुलनामा खराब कर्जाको अनुपात घटेको देखिएपछि यी बाहेकका २१ वटा बैंकहरुमा गत आवको तुलनामा खराब कर्जाको अनुपात बढेको छ ।
जसमध्ये सबैभन्दा बढी खराब कर्जा कृषि बिकास बैंकमा देखिएको छ भने हिमालयन बैंक, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक आदिमा पनि खराब कर्जा तीन प्रतिशत भन्दा माथि देखिएको छ ।
यता नेपाल एसबिआई, एनआईसी एशिया, सानिमा, स्ट्याड्ड चार्टड र एभरेष्ट बैंकमा भने खराब कर्जाको अनुपात एक प्रतिशत भन्दा तल रहेको तथ्यांकले देखाएको छ ।
कुन बैंकमा कति प्रतिशत कर्जा खराब छ ?
क्रस बैंकको नाम २०७९ पुस मसान्त २०७८ पुस मसान्त
१ कृषि बिकास बैंक ४.५२ २.०८
२ हिमालयन बैंक ३.७७ ०.७२
३ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३.७१ २.०६
४ सनराईज बैंक ३.३६ १.४१
५ कुमारी बैंक ३.१५ १.०६
६ नेपाल बैंक ३.११ १.९१
७ सिटिजन्स बैंक इन्टरनेशनल २.९९ १.८७
८ नबिल बैंक २.९८ १.११
९ ग्लोवल आईएमई बैंक २.९२ १.१३
१० सिद्धार्थ बैंक २.८७ ०.३७
११ प्राईम कर्मसियल बैंक २.८१ ०.७८
१२ सिभिल बैंक २.४१ ०.९४
१३ एनएमबी बैंक २.२४ १.४९
१४ राष्ट्रिय बाँणिज्य बैंक २.०७ ३.०६
१५ प्रभु बैंक १.९८ १.२३
१६ लक्ष्मी बैंक १.५६ ०.८३
१७ माछापुच्छे« बैंक १.४१ ०.५७
१८ सानिमा बैंक ०.७७ ०.३१
१९ स्टान्र्डड चार्टड बैंक ०.७२ ०।४४
२० एनआईसी एशिया बैंक ०.६१ ०.४७
२१ एभरेष्ट बैंक ०.५५ ०.२६
२२ नेपाल एसबिआई बैंक ०.४७ ०.१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया