बंगलादेश । ढाकामा जारी योनेक्स सनराइज बंगलादेश अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रयिोगितामा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ ।
पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसँग २१–२३ र ११–२१ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए ।
यता महिला डबल्समा नेपालका नङशल तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासँग ८–२१ र १४–२१ ले हारे । त्यस्तै मिक्स डबल्समा नेपालका दीपेश र अमिताको जोडी मलेसियाका हु पाङ रोन र छे यि सीसंग ८–२१ र ९–२१ ले चुके ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया