काठमाडौं । मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ । हालसम्म तीन जनाको मृत्यु भएको छ भने अर्का एक जना हराइरहेका छन् ।
व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको छ । आवासीय क्षेत्र र व्यवसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत् आपूर्ति हुन सकेन । यो वर्षको ग्रीष्मकालमा ७५ प्रतिशत वर्षा हुने अनुमान गरिएकामा शुक्रबार १५ घण्टासम्म अनवरत परेको पानीले जीनजीवन कष्टकर पारेको छ ।
राष्ट्रिय जलवायु विज्ञान विभागले अकल्याण्डमा वर्षाको प्रभाव लामो समयसम्म रहने बताएको छ । अकल्याडका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन् । सुरक्षा बल अहोरात्र उद्धारमा खटेका छन् । स्थिति अझै सामान्य बनेको छैन । केही स्थानमा बाढीले अकल्पनीय विनाश गरेको छ ।
प्रधानमन्त्री क्रिस हिप्किन्सले देशको सबैभन्दा ठूलो नगर अकल्याण्डमा धेरै क्षति भएको शनिबार पत्रकारहरूलाई जानकारी दिए । लामो समयको अन्तरालमा देशमा मुसलधारे वर्षा भएको बताउँदै उनले क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जानकारी पनि दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया