काठमाडौं । बैंक अफ काठमाडौंले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकले आव २०७४/७५ मा एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरण योग्य मुनाफा गरेको थियो ।
बैंकको हाल चुक्ता पूँजी सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी आठ अर्ब भन्दा बढी पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया