गल्ती गरेको भन्दै क्यानका अध्यक्ष चन्दसहित ७ जनाको राजिनामा माग

लोकपथ
91
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दको राजिनामा माग गरिएको छ । नेपाल टी–२० लिग आयोजनाको जिम्मेवारी भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसलाई दिएर गल्ती गरेको भन्दै ७ जना केन्द्रिय सदस्यले ५ जना पदाधिकारीको राजिनामा माग गरेका हुन् ।

राजिनामा माग गर्नेमा केन्द्रिय सदस्यहरु ऋषिराज गौतम, दाउद अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

त्यस्तै उनीहरुले अध्यक्ष चन्दसहित सचिव प्रशान्त विक्रम मल्ल, कोषाध्यक्ष रोसन सिंह, सदस्यहरु दुर्गाराज पाठक र पदम खड्काको राजिनामा माग गरेका हुन् ।

सेभेन थ्री स्पोर्टस नै फिक्सिङमा संलग्न भएको र यो सबै कुराको नेतृत्व क्यानले गरेको भन्दै जिम्मेवार पनि क्यान भएको उनीहरको आरोप ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?