एनटिभी कप : नेपाल टेलिभिजनलाई उपाधि, रासस उपविजेता

लोकपथ
14
Shares
sf7df8f}FM !% df3M /f;; / g]kfn 6]lnlehgaLr km’6;ndf k|lt:kwf{ g]kfn 6]lnlehgsf] #* cf}F jflif{sf]T;jsf cj;/df g]kfn 6]lnlehg sd{rf/L o’lgogsf] ;+of]hgdf zflGtgu/df cfOtaf/ cfof]lht km’6;n k|ltof]lutfdf /fli6«o ;dfrf/ ;ldltsf v]nf8L / g]kfn 6]lnlehgsf v]nf8LaLr km’6;ndf k|lt:kwf{ ub}{ . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । ‘एनटिभी कप–२०७९’ फुटसल प्रतियोगिताको उपाधि नेपाल टेलिभिजनले जितेको छ । राष्ट्रिय समाचार समिति (रासस) लाई ७–० गोल अन्तरले हराउँदै नेपाल टेलिभिजनले उपाधि हात पारेको हो । राससले उपविजेतामै चित्त बुझायो ।

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आज शान्तिनगरस्थित फुटसल कोर्टमा भएको उक्त मैत्रीपूर्ण प्रतियोगितामा नेपाल टेलिभिजनका लागि वासुदेव अवाल र सुशील अधिकारीले दुई/दुई तथा महेश निरौला, दीप बस्नेत र प्रज्ज्वल शाक्यले एक/एक गोल गरे ।

चार सरकारी सञ्चारमाध्यमबीच भएको उक्त प्रतियोगितामा गोरखापत्रलाई हराउँदै रेडियो नेपाल तेस्रो भयो । रेडियो नेपालले गोरखापत्रलाई ५–० गोल अन्तरले पराजित गरेको हो । त्यसअघि भएका खेलमा राससले गोरखापत्रलाई ७–० गोलअन्तरले तथा नेपाल टेलिभिजनले रेडियो नेपाललाई ६–० गोल अन्तरले हराएको थियो ।

विजेता खेडालीलाई नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नेपाल टेलिभिजन कर्मचारी युनियनका नेता विश्वेश्वर पौडेलले जानकारी दिए । नेपाल टेलिभिजनको वार्षिकोत्सव यही माघ १७ गते मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?