नीतिनियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

लोकपथ
7
Shares

काठमाडौं । साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको बताएका छन् । नेपाल साना तथा मझौला व्यवसायी महासंघ काभ्रे जिल्ला संघको समिति गठन तथा घोषणा कार्यक्रममा बोल्दै व्यवसायीहरूले त्यस्तो बताएका हुन् ।

श्रेष्ठले नीति नियम प्रस्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रोसँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रष्ट नभएकाले यस क्षेत्रले दुख पाएको उनीहरुले धारणा राखेका थिए । अर्थतन्त्रमा यस क्षेत्रको धेरै महत्व हुँदाहुँदै पनि विभिन्न समस्याले गर्दा ओझेलमा परेको उनीहरुले बताए ।

सानोसानो पुँजी लगानी गरेर माथि उठ्न खोजेका ब्यवसायीहरुलाइ नेपाल सरकारले राम्रोसँग सहजीकरण गरेर अगाडी बढ्नुपर्ने आवश्कता रहेको उनीहरुको सुझाव थियो । उनीहरुले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसायको ठूलो सम्भावना रहेको र क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन भूमिका खेल्ने बताएका छन् ।

उनले साना तथा मझौला व्यवसायी महासंघ सफलताको शुभकामना दिँदै यस क्षेत्रको उन्नतिको लागि सम्बन्धित निकायमा संयोजन गर्न तत्पर रहेको विश्वास दिलाए । उनले केन्द्रीय र जिल्ला नितृत्योले प्रभावकारी रूपमा काम गरी रोजगारी वृद्धि, व्यवसाय प्रवर्द्धन, प्रविधिको विकास, दर्ता लगायतका अन्य आवश्यक पर्ने सहयोग उपलब्ध गराई स्थानीय सरकारबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा साना तथा मझौला व्यवसायी महासंघका केन्द्रीय महासचिब डा.गोपालप्रसाद तिवारीले कृषिबारे कार्यपत्र प्रस्तुत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा पुर्याउने भएता पनि नेपालको कृषि क्षेत्रले अरू देशमा जस्तो अगाडी बढ्न नसकेको कुरा प्रष्ट्याए । लघु, घरेलु, साना तथा मझौला व्यवसायहरूले आधुनिक तरिकाले व्यवसाय सञ्चालन गर्न नसकेको उनले बताए ।

उद्योगी, व्यावसायीले गुणस्तर उत्पादन गर्न नसकेको, बजार पनि राम्रो नपाएको, वित्तीय स्रोत परिचालन पनि गर्न नसकेको, सरकारले सहयोग पनि गर्न नसकेकाले अर्थतन्त्र समस्याले ग्रसित भएको बताए । लघु तथा मझौला उद्योगले दिने रोजगारी अत्यधिक रहेको बताउँदै ठूला उद्योगलाई पनि साना साना उद्योग चाहिने हुनाले सरकारले प्रोत्साहन गर्नुपर्ने डा.तिवारीले सुझाव दिइन् ।

कार्यक्रममा साना तथा मझौला व्यवसायी महासंघका सह–अध्यक्ष धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा संचालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाए । उनले बैंक तथा वित्तीय संस्थाबाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिँदै साना तथा मझौला ब्यवसायीहरुले भोगेका समस्याहरुलाई समाधान गर्न सरकारसँग माग गरे ।

यस्तै, कार्यक्रममा उद्यमी महिलाहरुले आफनो व्यवसाय सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थाबाट सहजै ऋण नपाएकोले यसतर्फ पहल गरिनुपर्ने बताए । साना तथा मझौला व्यवसायी संघ काभ्रे जिल्लामा अनिता बस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । सो अवसरमा नेपाल साना तथा मझौला व्यवसायी महासंघका अध्यक्षले नयाँ समितिलाई शुभकामना सन्देश पठाउँदै बधाई दिए । कार्यक्रममा विभिन्न व्यवसायमा लागेका कुल ३५ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?