क्यान बोर्ड बैठकमा पनि अध्यक्ष चतुरको राजीनामा माग, ७ केन्द्रीय सदस्यद्वारा बैठक बहिस्कार

लोकपथ
63
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकमा पनि क्यानका अध्यक्ष चतुर बहादुर चन्दको राजीनामा माग गरिएको छ । पोखरामा जारी क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यहरुले अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।

७ केन्द्रीय सदस्यले अध्यक्षसहित कार्यसम्पादन समितिका प्रशान्त विक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काको पनि राजीनामा माग गरेका छन् ।

केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, संजयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले राजीनामा माग गरेका हुन् । राजीनामा मागको पत्र बुझाएपछि ७ केन्द्रीय सदस्यले बैठक समेत बहिस्कार गरेका छन् ।

उनीहरुले आइतबार पत्रकार सम्मेलन गर्दै कार्य सम्पादन समितिको राजीनामा माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?