काठमाडौं । खाताबाट मोबाइल वालेटमा हुने कारोबारको सीमा बढेको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन– २०७९ जारी गर्दै बैंक खाताबाट वालेटमा हुने कारोबारको सिमा बढाएको हो ।
सो अनुसार अब प्रतिदिन दुई लाख रुपैयाँ कारोबार गर्न मिल्ने सीमा तोकिएको छ । राष्ट्र बैंकका अनुसार यसअघि भने यस्तो सीमा एक लाख रुपैयाँ मात्र कायम रहेको थियो ।
एकीकृत निर्देशन– २०७९ जारी गर्दै राष्ट्र बैंकले प्रति कारोबारको व्यवस्था हटाएको छ । यसअघि बैंक खाताबाट वालेटमा र वालेटबाट अन्य बैंक खातामा प्रति कारोबार ५० हजार रुपैयाँको सीमा रहेकोमा अब भने यस्तो व्यवस्था हटेको छ । राष्ट्र बैंकले एक वालेटबाट अर्को वालेटमा प्रतिदिन कारोबार सिमा पनि एक लाख रुपैंयाँबाट ५० हजार रुपैंयाँमा घटाई दिएको छर सिमा पनि एक लाख रुपैंयाँबाट ५० हजार रुपैंयाँमा घटाई दिएको छ ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई इजाजत पाएको रेमिटेन्स कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा संचालित वालेटमा जम्मा गर्न सक्ने व्यवस्था गरेको छ भने रेमिटेन्स प्राप्त गर्दा वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाले बाधा नपर्ने एकीकृत निर्देशन– २०७९ मा उल्लेख छ । राष्ट्र बैंकले मोबाइल एप (क्यूआर कोडसमेत) बाट हुने कारोबारको सीमा पनि बढाए दुई लाख रुपैयाँबाट तीन लाख रुपैयाँ पुर्याएको छ ।
यसैगरी सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआइएस) मा पाँच हजार रुपैयाँसम्म कारोबार गर्दा प्रति कारोबार अधिकतम सेवा शुल्क पाँच रुपैयाँ तोकेको छ। यसअघि तीन हजार रुपैयाँसम्म कारोबार गर्दा पाँच रुपैंयाँ लाग्ने व्यवस्था रहेको थियो ।
एकीकृत निर्देशन– २०७९ अनुसार अब पाँच सय एक रुपैंयाँदेखि १० हजार रुपैयाँसम्म अधिकतम आठ रुपैयाँ र १० हजार एक रुपैंयाँदेखि माथि १० रुपैयाँ तोकेको छ । राष्ट्र बैंकका अनुसार यसअघि तीन हजार एक देखि १० हजार रुपैयाँसम्म १० रुपैयाँ र १० हजार एक देखि माथि २० रुपैयाँ सेवा शुल्क लिन पाउने व्यवस्था रहेको थियो ।
राष्ट्र बैंकले मोबाइल एप वा इन्टरनेट बैंकिङबाट विद्युतीय रकमान्तर (इन्टर बैंक फन्ड ट्रान्सफर) गर्दा सेवा प्रदायकहरुले प्रति कारोबार अधिकतम १० रुपैयाँसम्म मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । यसअघि यो शुल्क रकम अनुसार १० रुपैयाँदेखि ३० रुपैयाँसम्म रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया