क्यानको निर्वाचन आगामी जेठमा हुने

लोकपथ
56
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन आगामी जेठमा हुने भएको छ ।  पोखरामा बसेको क्यानको बोर्ड बैठकले जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचनको मिति भने सुर्खेतमा आगामी फागुन १४ र १५ गते हुने साधारणसभाले तय गर्नेछ ।

यस्तै नेपाल टी-ट्वान्टी लिगको गर्भनिङ काउन्सिका अध्यक्ष समेत रहेका क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले लिगमा विभिन्न विवादका कारण आलोचनापछि मंगलबार पोखरामा भएको बोर्ड बैठकमा राजीनामा दिएका छन् ।

त्यस्तै, बोर्ड बैठकले बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?