अध्यक्षको राजीनामा मागेर क्यानलाई निलम्बनमा लैजान खोजियो : क्यान

लोकपथ
49
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आफ्नै सदस्यहरुले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा मागेर क्यानलाई फेरि एक पटक निलम्बनमा लैजान खोजेको आरोप लगाएको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै क्यानले विगतका गल्ती कमजोरीलाई सुधारेर एक ढिक्का भइ नेपाल क्रिकेट संघको हक हीतका लागि अघि बढ्नका लागि सहकार्यमा आउन आग्रह गरेको छ ।

क्यानले ११औं बुदामा भनेको छ- ‘नेपाल क्रिकेट संघका हाल विद्यमान निर्वाचित १५ सदस्यहरू मध्ये पाँच जना निर्वाचित सदस्यहरूले नेपाल टी-२० लिगको विषयलाई लिएर अध्यक्ष लगायत कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गर्दै बैठक बहिष्कार गरेको विषयमा छलफल हुँदा निजहरूको उक्त मागले नेपाल क्रिकेट संघ फेरी एक पटक निलम्बनतिर जाने खतरामा रहेको महसुस गरेको छ तसर्थ विगतका कमीकमजोरीलाई सच्याई एक ढिक्का भएर नेपाल क्रिकेट संघको हकहितका लागि एकजुट भई अगाडि बढ्नका लागि सहकार्यमा आउन आजको बोर्ड बैठकले हार्दिक आग्रह गर्दछ ।’

पोखरामा बसेका क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रिय सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चन्दको राजिनामा मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?