शाकिरी चम्किदा लिभरपुल लिगको शीर्ष स्थानमा उक्लियो, आर्सनल पराजित

एजेन्सी । लिभरपुल जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । 

आइतवार राति सम्पन्न भएको १७ औँ चरणको खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै पुनः लिगको शीर्ष स्थानमा उक्लिएको हो । खेलको २४ औँ मिनेटमा साडियो मानेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

मानेले गोल गरेपछि निक्कै आक्रामक खेल खेलेको म्यान्चेस्टर युनाइटेडका लासि ३३ औँ मिनेटमा जेसे लिङगार्डले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । प्रतिस्पधात्मक खेलको पहिलो हाफसम्म एक-एक गोलको बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल ग-यो ।

खेलको ७३ औँ मिनेटमा जर्दान शाकिरीले गोल गर्दै खेललाई दुई-एकको स्थितीमा ल्याए । दोस्रो हाफमा केही सुधारिएको खेल खेलेको लिभरपुलका लागि सब्सिच्युड खेलाडी शाकिरीले ८० औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा क्लबका लागि तेस्रो गोल गरे ।

त्यसपछि खेलमा थप गोल भएन र खेल लिभरपसलले ३-० ले जित्यो । जितपछि लिभरपुलले १७ खेलबाट ४५ अंक बनाएको छ । उपाधि होडमा रहेको म्यान्चेस्टर सिटी ४४ अंकका साथ लिगको दोस्रो स्थानमा छ । 

त्यस्तै आइतवार राति नै भएको अर्को खेलमा चेल्सीेले ब्राइटनलाई २-१ गोल अन्तरले हरायो । चेल्सीको जीतमा खेलको १७ औँ मिनेटमा पेड्रो र ३३ औँ मिनेटमा इडेन हजार्डले समान एक-एक गोल गरे ।

यता ब्राइटनको लागि खेलको ६६ औँ मिनेटमा मार्चले एक मात्र सान्त्वना गोल फर्काए । जीतपछि चेल्सीले ३७ अंकका साथ लिगको चौथो स्थानमा छ । ब्राइटन २१ अंकका साथ लिगको १३ औँ स्थानमा छ । 

यता आइतवार रातिको अर्को खेलमा भने लिगको पाँचौ स्थानमा रहेको आर्सनल पराजित भएको । १७ औँ चरणको खेलमा आर्सनल लिगको १७ औँ स्थानमा रहेको साउथह्याम्पटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।

साउथह्याम्पटनलाई जीत दिलाउन इङग्सले दुई तथा अस्टिनले एक गोल गरे । आर्सनलका लागि भने हेन्रिक मिखीटेरीयनले दुई गोल गरे । हारपछि पनि ३४ अंकका साथ आर्सनल लिगको पाँचौ स्थानमा छ । जितपछि साउथह्याम्पटनले १२ अंक बनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?