त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक एयरपोर्ट’मा परिमार्जन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘बुटिक एयरपोर्ट’मा परिमार्जन भएको छ । 

विमानस्थलकोे अन्तर्राष्ट्रिय टर्मिनलभित्र नेपालको संस्कृति भल्किने गरि ‘बुटिक एयरपोर्ट’मा परिमार्जन गरिएको हो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थललाई सुधार गर्दै यात्रुलाई दिइने सुविधा विस्तारसँगै आन्तरिक आवरण पनि विस्तार गर्ने तयारी भइरहेको बताए । 

साथै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको निर्देशनमा विमानस्थलभित्र सुविधा र आवरण परिमार्जन विस्तार शुरु गरिएको पनि जानकारी दिए । अहिले विमानस्थलभित्र सेन्ट्रल एसी जडान गरिएको छ भने पुरानो एसीलाई भने आन्तरिक टर्मिनलमा जडान गरिएको पनि उनले बताए ।

त्यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनलमा यात्रुका लागि अहिले पाँच सय कुर्सी राखिएका छन्। विमानस्थलले आन्तरिकतर्फ डेढ सय यात्रु क्षमताको एनएक्स बिल्डिङ सञ्चालनमा ल्याइसकेको छ । उनका अनुसार  पर्यटकलाई मोहित पार्ने उद्देश्यले विमानस्थलको आन्तरिक कक्षहरु रिडिजाइन गरिएको बताए ।

जहाजबाट ओर्लिएपछि पर्यटकहरुले ‘वेलकम टु नेपाल’ लेखेको ब्यानर देखिन्छ । 

साथै महाप्रबन्धक क्षेत्रीका अनुसार विमानस्थल सुधारका कामले नेपाल भ्रमण वर्ष २०२० लाई समेत सफल बनाउन सहयोग गर्ने बताए । 

हालै मात्र विमानस्थलको अन्तर्राष्ट्रिय भवन ‘प्रस्थान’ क्षेत्रमा नयाँ कार्पेट विछ्याइएको छ। यता भिभिआइपी कक्ष पनि निकै व्यवस्थित बनाइएको छ । साथै विमानस्थलले ट्राफिक जाम न्यूनिकरण गर्न गोल्डेन गेटबाट दुईतर्फी सवारी साधन सञ्चालनमा रोक लगाइ एकतर्फी प्रवेशका लागि मात्र खुल्ला गरेको पनि उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?