मिसन र सप्तकोशी बैंकले वार्षिक साधारणसभा गर्दै

काठमाडौं। मिसन डेभलपमेन्ट बैंक र सप्तकोशी डभेलपमेन्ट बैंकले वार्षिक साधारणसभा गर्दैछ । 

मिसनले यहि पुष २६ गते नवौं वार्षिक साधारणसभा डाकेको हो ।  बैंकले चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। त्यस्तै बैंकले घोषणा गरेको बोनस शेयर पुस ८ गतेसम्म शेयरधनीले पाउनेछन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। 

यता सप्तकोशी डभेलपमेन्ट बैंकले यहि पुष २८ गते छैटौं वार्षिक साधारणसभा गर्ने भएको छ ।  साधारणसभामा सञ्चालक समितिले चुक्ता पूँजीको ५ दशमलब ०८ प्रतिशत नगद लाभांस र ३ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको छ। 

पुस ५ गतेसम्म बैंकले घोषणा गरेको नगद लाभांस शेयरधनीले पाउनेछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?