बुधवारदेखि राष्ट्रिय  महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण शुरु

काठमाडौं । यहि बुधवारबाट नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण शुरु हुने भएको छ । 

आगामी फेब्रुअरी १८ देखि २७ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने ‘आईसीसी’ महिला एशिया छनोट खेललाई मध्यनजरमा राख्दै खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्न लागिएको हो ।

एशिया कप छनोटमा नेपालले चीन, हङकङ, कुवेत, मलेसिया, थाइल्यान्ड र संयुक्त अरब इमिरेट्स ‘यूएई’सँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोबिनका आधारमा खेलाइने छनोट खेलको विजेता हुने टिमले ‘आईसीसी’ महिला टी–२० विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउने छ । 

एशिया कप छनोटमा प्रतिस्पर्धा गर्नुअघि नेपालले त्यसको तयारीका क्रममा थाइल्यान्ड वुमेन्स टी–२० स्मासमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।  टी–२० स्मास जनवरी १२ देखि १८ सम्म थाइल्यान्डमै आयोजना हुनेछ ।

१० टोलीले प्रतिस्पर्धा गर्ने टी–२० स्मासमा नेपालको समूहमा तान्जानिया, नामिबिया, इन्डोनेसिया र कुवेत रहेका छन् । नेपालले जनवरी १२ तारिखमा तान्जानियासँग पहिलो खेल खेल्ने तालिका रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?