काठमाडौं । काठमाडौं किङस इलाभेन जारी एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट सोमवार भएको खेलमा काठमाडौं किङस इलाभेनले डिफेन्डिङ च्याम्पियन विराटनगर वारिवर्सलाई ५ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो । हारसँगै विराटनगर भने प्रतियोगिताबाट बाहिरिएको हो ।
विराटनगरले दिएको एक सय एक रनको लक्ष्य काठमाडौंले १७ दशमलब ५ ओभरमा ५ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो । काठमाडौंका लागि केभिन ओ ब्रायनले नटआउट ४५ रन, प्रदीप साहुले २१ रन जोडे । विराटनगरका लागि पारस खड्का र भान डेर मेर्वीले समान २-२ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको विराटनगरले १७ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै सय रनको योगफल तयार पारेको थियो । विराटनगरका लागि सुमित महर्जनले सर्वाधिक २५ रन जोडे ।
हरि बहादुर चौहानले २२ रन तथा कप्तान पारस खड्काले २१ रन बनाए ।
विराटनगरको पारी ध्वस्त पार्ने क्रममा काठमाडौंका केभिन ओ ब्राएनले ३ विकेट लिए । जीतपछि ५ खेलबाट ८ अंक जोड्दै काठमाडौं लिगको दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा पुगेको हो । काठमाडौंले अब फाइनल प्रवेशका लागि क्वालिफायर खेलमा ललितपुर प्याट्रियट्ससँग खेल्नेछ ।
८ अंक बनाउँदै ललितपुर पनि क्वालिफायरमा पुगिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया