काठमाडौं । टर्कीमा सोमबार बिहान ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पका कारण जनजीवन प्रभावित भएको छ ।भूकम्पको धक्का ठूलो भएका कारण यसको प्रभाव सिरिया, लेबनान र इजरायलमा पनि महसुस भएको थियो।
टर्कीका सबैभन्दा बढी प्रभावित सहरहरूमा राजधानी अंकारा, नुरदागीलगायत १० सहर थिए। अधिकारीहरुका अनुसार टर्कीमा हालसम्म २०० जना भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन् । योसँगै सिरियामा ९० जनाको मृत्यु भएको छ । दुई सयभन्दा बढी घाइते भएका छन् ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया