एजेन्सी । फ्रान्सेली फरवार्ड एन्थोनी मार्सियल सन् २०२० सम्म इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडमा नै रहने भएका छन् ।
विश्वकप विजेता फ्रान्सका फरवार्ड मार्सियलले म्यान्चेस्टर युनाइटेडसँगको सम्झौता थप्ने निर्णय गरेको बताइएको छ । उनले युनाइटेडसँग १ वर्षसम्मको सम्झौता थप्न लागेका हुन् ।
मार्सियल र म्यान्चेस्टर युनाइटेडले नवीकरण सम्झौतामा हस्ताक्षर गरिसकेको बताइएको छ । क्लबको नयाँ नविकरणसँगै उनले सन् २०२० सम्म युनाइटेडको जर्सी लगाउँदै मैदानमा उत्रनेछन् ।
सन् २०१५ मा म्यान्चेस्टर युनाइटेडमा आवद्ध भएका उनले यस सिजनमा १९ खेल खेल्दै ८ गोल गरिसकेका छन् । २३ बर्षीय फरवार्ड मार्सियलको यसै सिजनको अन्तिममा युनाइटेडसँगको सम्झौता सकिने थियो ।
सन् २०१५ मा ३६ मिलियन पाउण्डमा युनाइटेडले उनलाई मोनाकोबाट क्लबमा भित्राएका थिए । त्यतिबेला उनी विश्वको सबैभन्दा महंगो मुल्यमा क्लब भित्रिने युवा खेलाडी समेत बनेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया