टर्की भूकम्पपछि चेल्सीका पूर्व फरवार्ड क्रिस्टियन सम्पर्कबिहिन

लोकपथ
126
Shares

काठमाडौं । टर्कीमा गएको भूकम्पपछि चेल्सीका पूर्व फरवार्ड क्रिस्टियन अत्सु सम्पर्क बिहिन भएका छन् । भुकम्प गएको दिन ३१ वर्षीय अत्सु टर्कीको दक्षिणी सहर अन्टाक्यामा रहेको हातेस्पोरमा सामेल भएका थिए ।

हातेस्पोरका मानद अध्यक्ष लुत्फु सावासले टर्कीमा भूकम्पपछि क्रिस्चियन अत्सु अझै फेला नपरेको पुष्टि गरेका हुन् ।

आइतवार राति कास्म्पासामाथिको जितमा क्रिस्चियनले पनि खेलेका थिए । टर्की र सिरियाका धेरै सहरहरूका अपार्टमेन्टहरू ध्वस्त पार्ने ७.८ म्याग्निच्युडको भूकम्प गएको केही घण्टापछि नै उनी बेपत्ता भएको रिपोर्ट गरिएको थियो । हालसम्म पनि सम्पर्कमा आएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?