काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शसस्त्र प्रहरीको ‘एपीएफ’ क्लब विजयी भउको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान मंगलवार भएको खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । खेल शुरु भएको ४ मिनेट पनि बित्न नपाउँदै एपीएफका लागि आशिष लामाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै युवराज खड्काले गोल गरे । उनले श्याम कुमार नेपालीले दिएको क्रसलाई सदुपयोग गर्दै हेड मार्फत गोलपोष्टको जाली चुमाए । प्रतिस्पर्धात्मक खेलको ३४ औँ मिनेटमा मच्छिन्द्रका लागि अल्बा एडिमोलाले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।
खेलको पहिलो हाफसम्म दुई गोलको अग्रता लिएको एपीएफले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको इन्जुरी समयमा रुप बहादुर लामाले गोल गरेपछि मच्छिन्द्र स्तब्ध बनेको थियो ।
जितपछि एपीएफ क्लबले ९ खेलबाट १३ अंक जोड्दै लिगको आठौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया