एजेन्सी । म्यान्चेस्टर सिटी काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
किङग पावर स्टेडियममा मंगलवार राति भएको खेलमा म्यान्चेस्टर सिटीले लेष्टर सिटीलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारको स्थान तय गरेको हो । खेल शुरु भएको १४ औँ मिनेटमा सिटीका लागि डि ब्रुनले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडि परेको लेष्टरका लागि ७३ औँ मिनेटमा अलब्राइटनले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा पु-याए ।
निर्धारित समयसम्म दुवै क्लबले समान एक-एक गोल गरेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । सिटीका लागि पेनाल्टीमा गुण्डुगान, ग्राबियल जिसस र एलेक्जेन्ड्रा जिन्चेन्कोले गोल गरे भने रहिम स्टर्लिङ गोल गर्न चुके ।
यता लेष्टर सिटीका लागि भने ह्यारी मागुएरेले मात्र गोल गरे । बाँकी खेलाडीको प्रहार सिटीका गोलकिपर मुरीकले बचाएका थिए ।
त्यस्तै मंगलवार राति नै भएको अर्को खेलमा बुर्टोन अल्बोइनले मिडल्सब्रोलाई एक-शुन्य गोल अन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको छ । बुर्टोनका लागि खेलको ४८ औँ मिनेटमा हेस्केथले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया