काठमाडौं । नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ । टेलिफोनमा समस्या देखिएपछि लाखौं सेवाग्राही प्रभावित भएका छन् ।
बुधवार विहानदेखि टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएको हो ।
टेलिकमका प्राविधिकहरुका अनुसार नेटवर्कमा समस्या देखिएको बताए ।
नेपाल टेलिकमको सेवामा पछिल्लो दिनमा पनि पटक–पटक यस्तो समस्या देखिदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया