काठमाडौं । जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबले ब्रिगेड ब्वाइजसँग बराबरी बराबरी खेलेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवार भएको खेलमा विभागिय टिम पुलिस क्लबले ब्रिगेड ब्वाइज क्लबलाई एक-एक गोलको बराबरीमा रोकेको हो । खेल शुरु भएको ५ मिनेट पनि बित्न नपाउँदै ब्रिगेट ब्वाइजका लागि रितिक खड्काले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलमा अप्रत्यासित नतिजा निकालेको ब्रिगेडले खेलको पहिलो हाफसम्म एक-शुन्य गोलको अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको खेलको ७५ औँ मिनेटमा पुलिस क्लबले गोल गर्दै खेललाई बराबरीको स्थितीमा ल्याए ।
हेम तामाङले दिएको पासलाई सदुपयोग गर्दै अभिषेक रिजालले हेडमार्फत गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । निर्धारित सयमसम्म दुवै क्लबले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल बराबरीमा सकियो ।
बराबरीपछि पुलिस क्लब ९ खेलबाट १४ अंकका साथ लिगको पाँचौ स्थानमा यथावत छ । ५ अंक मात्र बनाएको ब्रिगेड ब्वाइज क्लब ११ औँ स्थानमा छ ।
अंक बाँड्न परेपछि पुलिसको ९ खेलबाट १४ अंक भएको छ । पुलिस तालिकाको पाँचौ स्थानमा यथावत छ । ब्रिगेड ५ अंक सहित तालिकाको ११ औ स्थानमा उक्लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया